



नेकपा एमालेले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी बिभिन्न दलसंगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी विभिन्न पक्षसँग छलफल चलिरहेकाले सघनरुपमा सबै दलहरुसँगको छलफललाई निरन्तरता दिएर अगाडि बढ्ने निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएको छ ।
त्यस्तै स्थायी कमिटीको आकस्मिक बैठकमा बागमती प्रदेशको एक सिटका लागि जेठ ६ गते हुने उपचुनावमा एमालेको उम्मेद्वार जिताउने विषयमा छलफल भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । बैठकमा नेताहरुले उपचुनावको विषयमा सुझाव दिएको र एमालेको उम्मेद्वारको जीत सुनिश्चित हुने गरी छलफल अगाडि बढाउने निर्णय गरेको उहाले बताउनुभयो । उम्मेद्वारको विषयमा पछि छलफल गरिने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।राष्ट्रियसभा उपचूनावमा एमालेका माधव–झलनाथ समूहले कांग्रेस माओवादी सहितका अन्य दलसँग गठबन्धन गरेर राष्ट्रियसभाको रिक्त पदका लागि डा. खिमलाल देवकोटालाई अघि सार्ने सहमति भइसकेको छ । यस्तै एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नै उम्मेदवार बनाउने तयारी गर्नुभएको छ ।

Wonderful beat ! I wish to apprentice while you amend your web site, how can i subscribe for a blog website? The account helped me a applicable deal. I had been tiny bit acquainted of this your broadcast provided shiny clear idea