February 26, 2024

बिभिन्न समूहसंग गरेको सहमति कार्यान्वयनका लागि नै सरकारले मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याउन लागेको

नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले बिभिन्न समूहसंग गरेको सहमति कार्यान्वयनका लागि नै सरकारले मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याउन लागेकोे बताउनुभएको छ । यसअघि सरकारले सशस्त्र द्वन्दमा रहेको बिभिन्न समूहसंग सम्झौता गर्दै बन्दी रिहाइ गर्ने प्रतिवद्धता जनाएकाले उक्त सम्झौता कार्यान्वयनकै लागि नै अध्यादेश ल्याउन लागिएको आफुले बुझेको उहाले बताउनुभयो । भुसालले यो अध्यादेश रेशम चौधरीलाई मात्रै छुटाउन ल्याएको भनेर बुझ्न नहुने धारणा राख्नुभयो । उहाले संसद नभएका बेला अध्यादेश ल्याएर कानून बनाउने अधिकार रहेको जिकिर गर्नुभयो । त्यस्तै महासचिव भुसालले अहिले दलहरुबीच सरकार गठनका बिषयमा छलफल नभएको बताउनुभयो । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति समक्ष बुझाएपछि मात्रै सरकारका बिषयमा छलफल हुने उहाको भनाई छ ।

उहाले दलको नेता चयन भएपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढ्ने पनि उल्लेख गर्नुभयो ।

One thought on “बिभिन्न समूहसंग गरेको सहमति कार्यान्वयनका लागि नै सरकारले मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याउन लागेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *