March 27, 2023

बिमल घर्तिमगरलाई क्लवमा अनुबन्ध

Bimal Gharti Magar to leave for Belgium for treatment today - The Himalayan  Times - Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics,  Business, World, Sports, Entertainment, Travel, Life Style News

ए’ डिभिजन क्लब मछिन्द्र क्लवले बिमल घर्तिमगरलाई क्लवमा अनुबन्ध गरेको छ । काठमाडौंमा आइतबार मछिन्द्रले बिमलसँग औपचारिक रुपमा अनुबन्ध गरेको हो । क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ र बिमलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताको अवधि एक सिजनको रहेको छ । फरवार्ड बिमलले गत सिजन पनि मछिन्द्रबाट लिगको अन्तिम खेल खेलेका थिए । त्यस्तै उनले मछिन्द्रबाट मोफसलका केही प्रतियोगितामा सहभागीता जनाएका थिए । सम्झौतापछि बिमलले टिमलाई उपाधि जिताउने प्रयास गर्ने प्रतिक्रिया दिए ।

यो वर्ष सुरुवातै खेल्ने प्रयास गर्ने र टिमलाई उपाधि जित्न सहयोग गर्ने उनले बताए । त्यस्तै क्लबका उपाध्यक्ष तथा म्यानेजर अनिल श्रेष्ठले बिमलको आगमनले टिम बलियो बनेको प्रतिक्रिया दिए । यस सिजनको ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published.