एमसीसीको बिरोधमा बिभिन्न दलले बिरोध प्रदर्शन गर्दा बुधबार काठमाडौंको नयाँ बानेश्वर तनावग्रस्त भएको छ । एमसीसीको बिरोध गर्दै बानेश्वरमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेमकिपा, राप्रपा लगाएतका दलले बिरोध प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा ढुङ्गामुडा समेत भएको थियो भने प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेको थियो । त्यस्तै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रण लिएको छ । एमसीसीको बिरोध गर्दै बिभिन्न दलका कार्यकर्ताले संसद भवनलाई चारैतिरबाट घेरेका थिए । विरोध प्रदर्शनका कारण बुधबार सो क्षेत्रको यातायात पूर्ण रुपमा अस्तव्यस्त बनेको थियो । यसअघि कांग्रेसले एमसीसीलाई सदनमा अघि बढाउने निर्णय गरेको थियो ।
तर बुधबार प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलमा गठबन्धनमा छलफल गरेर मात्र यस बिषयमा निर्णय गर्ने सहमति भएको छ ।