January 19, 2022

बेञ्च बहिष्कार गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्ने पनि माग

15th National Conference of the Nepal Bar Association to be Organised in  Pokhara | Collegenp

जनताको आयोग महा–अभियानले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध षड्यन्त्र गरिएको भन्दै त्यो षड्यन्त्रलाई कुनैपनि हालतमा सफल हुन नदिने स्पष्ट पारेको छ । आइतबार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाभियानले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सम्भव नदेखेपछि अहिले दबाब सिर्जना गरेर राजीनामा गर्न लगाएर हटाउने षड्यन्त्र भएको जनाएको छ । महाअभियान कार्यसमितिकी अध्यक्ष तारा बरालले बेञ्च बहिष्कार गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्ने पनि माग गर्नुभयो ।

नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीश जबरालेजस्तो उल्लेखनीय काम अरु कसैले पनि गर्न नसकेको दाबी गर्नुभयो ।उहाले अब न्यायालय अवरुद्ध गर्ने र जनतालाई न्याय पाउनबाट बञ्चित गर्नेहरुलाई जहाँ भेट्यो त्यही कालो मोसो दल्ने पनि चेतावनी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.