July 24, 2021

बेपत्तायोद्धा परिवार वागमती प्रदेशले काठमाडौंमा विरोध प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध सहिद, बेपत्तायोद्धा परिवार वागमती प्रदेशले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।सोमबार बबरमहलबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । सहिदको रगतले लेखिएको संविधानको रक्षार्थ र प्रतिगामी कदमको भण्डाफोर गर्न आफूहरुले बृहत् ¥याली तथा प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।प्रदर्शनमा सहभागीहरुले ‘संसद पुनर्स्थापना हाम्रो माग प्रतिगामीहरू भागाभाग’, ‘सहिद बेपत्ता पारिएकाहरूको एउटै आवाज असंवैधानिक कदम मूर्दावाद’, ‘निरकुंश तानाशाह मुर्दावाद’ लगायत नारा लगाएका थिए । त्यस्तै उनीहरुले बेपत्ताहरुको अवस्था सार्वजनिक गर्नुपर्ने माग समेत राखेका छन् ।

प्रदर्शनपछि आयोजित सभामा सहभागीहरुले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले सहिद तथा वेपत्ता योद्धाको सपनामाथि वज्रप्रहार भएको बताएका थिए । नेकपा प्रचण्ड–नेपाल पक्षका नेता शक्ति बस्नेतले संसद बिघटन देखि संवैधानिक आयोगको नियुक्तीसम्म प्रधानमन्त्रीले संविधान मिचेर चालेको कदम भएको बताउनुभयो । संविधानमाथि हमला गरेर लोकतन्त्रको आधारलाई भत्काउने षडयन्त्र भएकाले आन्दोलनमार्फत लोकतन्त्रको उपलव्धीलाई जोगाइने उहाले बताउनुभयो ।बस्नेतले सहिदका सपना पूरा गर्न संसद पुनःस्थापना हुनुपर्ने बताउनुभयो । प्रदर्शनका क्रममा सहभागीले हातमा नेपालको संविधान बोकेका थिए ।

Leave a Reply

Your email address will not be published.