November 30, 2023

बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय

सरकारले बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको छ ।सिंहदरबारम मंगलबार बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति बैठकले बेलायतमा कोरोना संक्रmमण निकै बढेको भन्दै बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको हो । बेलायतबाट यात्रा प्रस्थान गरि नेपाल आउने यात्रु र बेलायतमा ट्रान्जिट भइ नेपाल आउने यात्रुलाई अर्को सूचना नभएसम्मका लागि रोक लगाउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिनुभयो ।

त्यस्तै उक्त देशबाट नेपाल आउनका लागि भिषा जारी नगर्ने र नेपालमा प्रवेशाज्ञा रोक लगाउने निर्णय भएको छ । यस्तै बुधबारसम्म ट्रान्जिटमा रहेका नागरिकलाई नेपाल आएपछि १० दिनसम्म होटलमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको उहाले बताउनुभयो ।पछिल्लो समय बेलायतमा कोरोना संक्रमण फैलिएपछि विभिन्न मुलुकहरुले यात्रा प्रतिबन्ध लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *