November 20, 2022

बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थीत गर्दै लैजाने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थीत गर्दै लैजाने बताउनुभएको छ । न्युज अलाइन्स मिडियाको बार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा अयाोजित कार्यक्रममा मन्त्री श्रेष्ठले देशको २८ प्रतिशत जिडीपी रेमिट्यान्टबाट चलेको भन्दै बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थीत गर्दै लैजाने बताउनुभएको हो । ९७ प्रतिशत बैदेशिक रोजगारमा जानेहरु दक्ष नभएको भन्दै उहाले सिप सिकेर मात्र बैदेशिक रोजगार जाने वातावरण सरकारले बताउने उल्लेख गर्नुभयो । उहाले सातवटै प्रदेशमा तालिक केन्द्र स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

उहाले सकेसम्म नेपालमा नै रोजगारीको अवसर सिर्जना गरेर बैदेशिक रोजगारमा जानको संख्या न्युनिकरण गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा सञ्चारकर्मी लगाएत बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई मन्त्री श्रेष्ठले सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.