November 24, 2022

ब्रिगेड ब्वाइज र च्यासल युथ क्लव बराबरी

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लव तथा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा ब्रिगेड र च्यासलले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले पाएको अवसरको सदूपयोग गर्न सक्दा गोलरहीत बराबरी खेल्न बाध्य भएका हुन् । यस बराबरीसँगै ब्रिगेडले ११ खेलमा ७ अंक जोडेको छ । च्यासलले ११ खेलमा ६ अंक जोडेको छ । यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेल फ्रेन्ड्स क्लबसँग ३–३ गोलको बराबरीमा रोकिएको हो । जावलाखेलका लागि लोईक एन्जीमी कोउहिमले दुई गोल गरे । यस्तै रुप बहादुर लामाले एक गोल गरे । फ्रेन्ड्सका जमउल एन्थोनी फ्रान्सिओसले दुई गोल गरे । नाथनियल जुड ग्रासियाले एक गोल गरे ।

बराबरीसँगै जावलाखेलले ११ खेलमा १० अंक जोडेको छ । फ्रेन्ड्सले ११ खेल ७ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published.