
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले चीनसँग जोडिएका नेपाली भन्सार नाकामा नेपाली व्यवसायलाई सहज रुपमा आवतजावतको व्यवस्थाका लागि पहल गर्न आग्रह गरेको छ । बुधबार काठमाडौंमा चीनका लागि नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई विदाई एवं सम्मान गर्दै महासंघले केरुङ, तातोपानीलगायतका नाकामा आवतजावतका लागि सहजीकरणका लागि पहल गर्न आग्रह गरेका हुन् । सो क्रममा राजदूत श्रेष्ठले व्यवसायीलाई परेको समस्या आम देशवासीको समस्यालाई प्राथमिकतामा राख्ने बताउनुभयो । नाकाभित्र रहेका समस्या समाधान गरी नाकालाई सहज बनाउन आफ्नो प्रयत्न हुने उहाको भनाई छ । उहाले भिसा समस्या समाधानका लागि पनि आफुले छलफल गर्ने जिकिर गर्नुभयो ।
महासङ्घले चीनबाट आयात गरिने आधिकारीक ब्राण्डेड सामान तथा औषधिजन्य कच्चापदार्थको सहजीकरण गर्नुपर्ने, कृषिजन्य रासायनिक मल तथा बीउबिजनको आयातमा सहजीकरणका साथै व्यवसायीलाई सहज रुपमा भिसाका लागि पनि पहल गरिदिन आग्रह गरेको छ ।