November 27, 2022

भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्दमा ताला

पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्दमा ताला लगाएको छ । शुक्रबार कोषले गेटमा सूचना टाँसेर होटलका सामग्री नचलाउन सूचित गर्दै ताला लगाएको हो । त्यसअघि होटल बन्द गर्ने पत्र लिएर पुगेको सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका थिए । विवाद बढ्दै गएपछि कोषले मूल गेटमा ताला लगाएको हो । कोषले चैत्र १७ गते सम्झौता बिपरितको काम गरेको भन्दै होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो भने

सोमबार पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो ।

Leave a Reply

Your email address will not be published.