April 18, 2024

भारतले निर्वाचनका लागि नेपाल लाई उपहारस्वरुप सवारी साधन प्रदान

भारत सरकारले आसन्न निर्वाचनका लागि नेपाल सरकारलाई उपहारस्वरुप सवारी साधन प्रदान गरेको छ । मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट दुई सयवटा सवारीसाधन उपहारस्वरुप हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गरिएका सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुग्ने भारतीय दुतावासले जनाएको छ । सवारी साधन हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री शर्माले सवारीसाधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिनुभयो । उहाले निर्वाचनले लोकतन्त्रलाई सुदृढका साथै आर्थिक सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनभयो । त्यस्तै भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको सहयोगले नेपालको चूनावी कार्यक्रममा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा पनि नेपाललाई भारतको निरन्तर सहयोग हुने उहाले बताउनुभयो । नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका सवारीसाधन चुनावका दौरान प्रयोग गरिने छ जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने दुतावासले जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २ हजार वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४ सय वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ ।

One thought on “भारतले निर्वाचनका लागि नेपाल लाई उपहारस्वरुप सवारी साधन प्रदान

  1. Jeśli Twój mąż usunął historię czatów, możesz także skorzystać z narzędzi do odzyskiwania danych, aby odzyskać usunięte wiadomości. Oto kilka powszechnie używanych narzędzi do odzyskiwania danych:

Leave a Reply

Your email address will not be published. Required fields are marked *