April 19, 2024

भिजिट भिसामा दुबई पुराएको भए नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्न चेतावनी

श्रममन्त्री कृष्ण कुमार श्रेष्ठले भिजिट भिसामा दुबई पुराएको भए नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्न चेतावनी दिनुभएको छ । बिहीबार मन्त्रालयमा भिजिट भिसामा दुबइ पुगेर दुख पाएका युवाहरुसंगको छलफलका क्रममा उहाले भिजिट भिसामा कामका लागि दुबइ पुराउनेलाई कुनै हालतमा नछाड्ने स्पष्ट पार्नुभयो । उहाले बैदेशिक रोजगारमा जादा भिजिट भिसाको प्रयोग गर्न आग्रह समेत गर्नुभयो । भिजिट भिसामा दुबई पुराउने गरेका बिषयमा मन्त्रालय गम्भीर रहेको भन्दै उहाले यसलाई नियन्त्रण र अनुसन्धान गर्न सरकार गम्भीर भएर लागेको बताउनुभयो । ‘भिजिट भिसा’मार्फत दुबईलगायत श्रम गन्तव्य मुलुकमा पुगेर पीडित भएकालाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन भएको उहाले जानकारी दिनुभयो । उहाले मन्त्रालयले आगामी आइतबारदेखि २४ सैं घण्टा फोन उठ्ने गरी गुनासो सुनुवाइ कक्ष स्थापना गर्न लागेको बताउनुभयो । दुख पाएका नेपालीहरुको गुनासोका आधारमा दलालहरुलाई कारवाही गर्ने उहाले स्पष्ट पार्नुभयो ।

त्यस्तै पीडित युवाहरुले आफुहरुले चर्को मूल्य तिरेर केहि व्यक्तिमार्फत दुवई गएको र अलपत्र परेको गुनासो गरे । उनीहरुले आकर्षक तलवको बहानामा आफुहरुलाई झुक्काएको बताएका थिए । पछिल्लो एक वर्षमा मात्रै झन्डै ८० हजार नेपाली रोजगारी खोज्न भिजिट भिसामार्फत यूएई पुगेको अनुमान मन्त्रालयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *