May 24, 2022

भूमिहीन सुकुमबासी र अव्यबस्थित बसोबासीहरूलाई निस्सा वितरण

राष्ट्रिय भूमि आयोग उदयपुरले चौदण्डीगढी नगरपालिका वडा नं. ५ का भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यबस्थित बसोबासीहरूलाई निस्सा वितरण गरेको छ । जिल्लाका स्थानीय तहहरूमा जग्गाको निस्सा वितरण गर्ने अभियान अन्तर्गत बिहीबार निस्सा वितरण गरेको हो । चौदण्डीगढी गरपालिकाका नगरप्रमुख खगेन्द्र राइले उक्त क्षेत्रका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यबस्थित बसोबासीहरूलाई एक कार्यक्रमको आयोजना गरेर निस्सा प्रदान गर्नु भएको थियो । चौदण्डीगढी नगरपालिकामा २३८७ हेक्टर जमिन भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यबस्थित बसोबासीहरूले उपभोग गर्दै आएका छन् । उनिहरुले उपभोग गर्दै आएको उक्त जमिन कानुनीरुपमा आफ्नो स्वामित्वमा नहुँदा चाहेर पनि कुनै किसिमको ब्यापार ब्यवसाय गरेर आत्मनिर्भर हुन नसकेको गुनासो गरेका थिए । यसै बिच तीन दशक पहिलानै नापी भएका तर बिभिन्न कारणले लालपुर्जा प्राप्त नगरेका जिल्लाका सबै अधुरा कार्यको काम समेत छिट्टै पुरा भएर स्थानियले लालपुर्जा प्राप्त गर्ने भएका छन ।

राष्ट्रिय भूमि आयोग केन्द्रिय कार्यालयले निर्णय गरेर पत्र जिल्ला पठाइसकेको हुनाले तत्काल उनिहरुलाई लालपुर्जा उपलब्ध गराइने राष्ट्रिय भूमि आयोग उदयपुर जिल्ला अध्यक्ष बलबहादुर तामाङले जानकरी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published.