March 25, 2023

भौतिक रुपमा मात्र नभई वैचारिक रुपमा पनि बलियो भएकोः केपी ओली

PM makes public his property details

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी भौतिक रुपमा मात्र नभई वैचारिक रुपमा पनि बलियो भएको बताउनुभएको छ । बुधबार बाँकेको नेपालगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनता पुगेको ठाँउमा झन बलियो भएर एमाले पुगेको बताउनुभएको हो । नेकपा एमाले तर्साएर चन्दा उठाउने पार्टी नभएको भन्दै ओलीले एमाले मन लिएर, कामको विश्वास जितेर जनतामाझ जाने पार्टी भएको उल्लेख गर्नुभयो । उहाले आफ्नो सरकारले लोडसेडिङ अन्त्य लगाएतका बिकासका काम गरेको दावी गर्नुभयो ।

ओलीले अहिले सरकारमा रहेका मान्छेहरु जनादेशबाट नभएर परमादेशबाट आएका व्यक्तिहरु रहेको भन्दै उनीहरुको ध्यान देश बिकासमा नरहेको जिकिर गर्नुभयो । कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई ओलीले एमाले प्रवेश गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published.