December 5, 2023

मंसिर १८ गते मार्चपाससहित वसन्तपुरमा विशाल र्याली गर्ने

Nepal | History, Population, Flag, Language, Map, & Facts | Britannica

शाही युवा शक्ति नेपालले राजसंस्था र हिन्दूराष्ट्र पूनःस्थापनाको लागि आउने मंसिर १८ गते मार्चपाससहित वसन्तपुरमा विशाल र्याली गर्ने भएको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलन गर्दै धर्मनिरपेक्षताको खारेजी र राजसंस्थाको पूनःस्थापनाको लागि सो कार्यक्रम गर्न लागेको शाही युवा शक्ति नेपालले जानकारी गराएको हो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष पशुपति खड्काले देश प्रधानन्यायाधीशशले प्रधानमन्त्री नियुक्ती गर्ने अवस्थामा गएको भन्दै अहिलेको अवस्थामा देश राणा शासनको चंगुलमा परेको टिप्पणी गर्नुभयो ।

उहाँले नेपाली जनतालाई लोकतन्त्रको नाममा झुक्याएर गणतन्त्रको स्थापना गरिएको भन्दै नेपालको राजतन्त्र नेपाली जनताले नभई विदेशी दलालहरुले फालेको आरोप लगाउनुभयो । उहाँले शाही युवा शक्ति नेपालले मंसिर १८ गते गर्न लागि संस्थाले लामो समयदेखि सडक आन्दोलन गरिरहेको भन्दै आफूहरुलाई साथ दिन आग्रह गर्नुभयो । .मार्चपासमा विशेषगरि काठमाडौंवासी नेवार समूदायलाई सहभागी भईदिन पनि उहाँले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *