November 30, 2023

मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने

वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिदै मौन अवधि सुरु हुन अगाडि सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्टहरु हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको जानकारी दिनुभएको हो । सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले मङ्गलबार राति १२ बजेबाटै मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको जनाएको छ । आयोगले तोकिएको अवधि र ठाउँमा मादक पदार्थ बिक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।यसैगरी, आयोगले कालो, रातो, निलो वा हरियोमध्ये कुनै मसी प्रयोग भएको कलम वा डटपेनले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन पनि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई सचेत गराएको छ । त्यस्तै मतदान हुने समय बिहान ७ बजेदेखि मतदान हुने देशभरका सबै मतदान केन्द्रमा मतदानको समय र मतगणनाको समयमा वर्षाले समस्या पार्ने भएकाले यस्तो हुन नदिन र निर्वाचन सामग्रीको समेत सुरक्षा गर्न आयोगले निर्देशन दिएको प्रवक्ता पौडेलले बताउनुभयो । साथै आयोगले निर्वाचन आचारसंहिताविपरीत समाचार छापेको भन्दै गोरखापत्र लगाइतका सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधेको उहाले बताउनुभयो ।

त्यस्तै प्रवक्ता पौडेलले यसअघिको निर्वाचन भन्दा अहिलेको निर्वाचन तुलनात्मक रुपमा सस्तो हुने दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *