October 16, 2021

मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख फिर्ता लिने निर्णय

Madan Bhandari foundation - Home | Facebook

बागमती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख रुपैया फिर्ता लिने निर्णय गरेको छ ।सोमबार बसेको बागमती प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेशनलाई दिइएको रकम फिर्ता लिने निर्णय भएको जानकारी दिनुभयो । यसअघि प्रदेश सरकारले कार्यविधिबिना नै मदन भण्डारी फाउन्डेसनलाई ५० लाख रुपैयाँ दिएको भन्दै प्रतिपक्षी दलले विरोध गरेको थियो । मुख्यमन्त्री पौडेलले बिभिन्न दलका अग्रज नेताको नाममा स्थापित संस्थाहरुलाई बिनाभेदभाव प्रदेश सरकारले सहयोग गरेपनि मदन भण्डारी फाउन्डेसनको नाममा मात्रै विरोध हुनुको कारणबारे भोलिका दिनमा समिक्षा हुने जिकिर गर्नुभयो । उहाले आगामी बर्षका लागि विपी स्मृति प्रतिष्ठान, जिपी प्रतिष्ठानका लागि सहयोगका लागि माग आएकाले अव के हुने भन्ने प्रश्न उठेको बताउनुभयो । त्यस्तै मुख्यमन्त्री पौडेलले सरकारको सम्पूर्ण ध्यान कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रीत भएको जानकारी दिनुभयो । आगामी बर्षको बागमती सरकारको नीति तथा कार्यक्रम र बजेट पनि कोरोना केन्द्रीत हुने उहाले बताउनुभयो ।

बैठकमा माओवादी केन्द्र बागमति प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले अहिले नेपालमा दलहरुलाई कमजोर बनाउन खोजिएको आरोप लगाउनुभयो । एमाले अध्यक्ष केपी ओलीले नै नेकपा बिभाजन गराएर अहिले एमाले र अन्य दललाई पनि बिभाजन गराउन लागिपरेको उहाको भनाई छ । उहाले राजतन्त्रको अभ्यास केपी ओलीले गरिरहेको जिकिर गर्नुभयो ।त्यस्तै बैठकमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले सत्तामा बसेकाबाट संविधान र गणतन्त्र गुम्ने खतरा रहेको धारणा राख्नुभयो ।त्यस्तै कांग्रेस बागमति प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संसद बिघटन गरेर जनताको व्यवस्थालाई कमजोर गर्ने काम प्रधानमन्त्री ओलीले गरेको आरोप लगाउनुभयो ।बैठकमा अन्य प्रदेशसभा सदस्यहरुले प्रदेशसभाको आगामी नीति तथा कार्यक्रम र बजेट कोरोना महामारी नियन्त्रणमा केन्द्रीत गर्न सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published.