May 20, 2024

मधेश प्रदेशले पहिचान स्थापित भएको भन्दै अधिकार प्राप्तीको ढोका खुल्लाः राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले मधेश प्रदेशले पहिचान स्थापित भएको भन्दै अधिकार प्राप्तीको ढोका खुल्ला भएको बताउनुभएको छ । प्रदेश नंवर २ को नाम मधेश प्रदेश भएपछि राष्ट्रिय सीमान्तिकरण विरुद्ध अभियान नेपालले मंगलबार काठमाडौंमा गरेको बधाई कार्यक्रममा महतोले प्रदेशको पहिचान नभएसम्म अधिकार पाउन नसकिने अवस्थाको अन्त्य भएको बताउनुभएको हो । अधिकार, पहिचान र बहुलराज्य मान्यतालाई स्थापीत गराउने आफुहरुको अभियान सफलतातर्फ अघि बढेको उहाले बताउनुभयो । महत्तोले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको नारा लगाएपनि अधिकांश प्रदेशले पहिचान पाउन नसकेको जिकिर गर्नुभयो ।

त्यस्तै उहाले मधेशी जनताले यसअघि उठाउदै आएका अन्य मुद्धाहरुलाइ पनि स्थापीत गर्न निरन्तर खवरदारी गरिने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *