June 24, 2024

मध्यपुर थिमि नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी

मध्यपुर थिमि नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठ निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एमालेका मदनसुन्दर श्रेष्ठलाई ४०६३ मतले पराजित गर्दै नगरप्रमुखमा विजयी हुनुभएको हो । श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गर्नुभयो भने मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी हुनुभयो । श्रेष्ठले १२ हजार १ सय २ मत प्राप्त गर्नुभयो । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तरा नेपाललाई ३ हजार १३९ मतले पराजित गर्नुभयो । बिजयपछि उहाहरुले मध्यपुर थिमिमा बिजयी जुलुस निकाल्नुभएको थियो । सो क्रममा नवनिर्वाचित मेयर श्रेष्ठले मतदातालाई धन्यवाद दिदै जनताको सेवामा काम गर्ने बताउनुभयो । .

मध्यपुर थिमि नगरको वडा नम्बर १,२,३, ५, ६ र ९ कांग्रेस, ४ र ७ एमाले, ८ वडामा नेमकिपाका उम्मेदवारले वडाध्यक्षमा विजयी हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *