March 29, 2024

मलेसियाले त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा विजयी सुरुआत

Gandaki team announced for national cricket tournament - Click Nepal

मलेसियाले त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा विजयी सुरुआत गरेको छ । टियु क्रिकेट मैदानमा मंगलबार पपुवा न्युगिनी (पीएनजी) लाई ८ रनले पराजित गर्दै मलेसियाले विजयी सुरुआत गरेको हो । पीएनजीले भने लगातार दोस्रो हार ब्यहोरेको छ । पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो । मलेसियाले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७२ रन मात्र बनाउन सक्यो । पीएनजीका लागि टोनी उराले ५६ रनको अर्धशतकीय इनिङ खेले । यस्तै नोर्मान भानुवाले ४५ रन बनाए । सिमोन अटाइले १५ रन जोड्दा असाद भाला ११ रनमा आउट भए । मलेसियाका लागि शर्भिन मुनियाण्डीले ४ विकेट लिए । यस्तै मुहमद वाफिक र विरन्दिप सिंहले ३÷३ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । मलेसियाका लागि कप्तान अहमद फाईज र विरन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले ।

पीएनजीका नोर्मन भानुवाले २ तथा नोसेन पोकानाले १ विकेट लिए । श्रृंखला अन्तर्गत तेश्रो दिन बुधबार हुने खेलमा नेपालले मलेसियासँग खेल्नेछ । नेपाल र मलेसियाबीचको खेल मध्यान्ह १२ः३० बजेबाट शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *