December 5, 2022

महानगरलाई सुरक्षित बनाउने योजनासहितको सङ्कल्पपत्र सार्वजनिक

काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिनुभएका कांग्रेस नेतृ सिर्जना सिंहले महानगरलाई सुरक्षित बनाउने योजनासहितको सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सिंहले सेवा सुशासन, स्वास्थ्य शिक्षा सामाजिक सुरक्षा, स्वच्छ सफा दिगो पर्यावरण, सुरक्षित शहर, संस्कृति सम्पदा सभ्यता, सबल समुन्नत पूर्वाधार र सबल युवा स्वावलम्बी महिला सृजनशील महानगरबासी समेटिएको सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको हो । उपत्यकालाई महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिंडडुल गर्न सक्ने सहरको निर्माण गरिने उहाले बताउनुभयो । त्यस्तै उहाले ठूला गफ नभई स–साना कुरा गरेर काठमाडौंलाई बदल्न सकिने र यसमा ध्यान जाने उल्लेख गर्नुभयो । कार्यक्रममा कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंमा स्वास्थ्य, यातायात, महिलाको बारेमा काम गर्ने मेयर चाहिएको बताउनुभयो । उहाले कांग्रेसले महानगरको नेतृत्व लिन नसक्दा काठमाडौंमा देखिएको अस्तव्यस्तता देखिएको भन्दै अव महानगरमा कांग्रेसको नेतृत्वको आवश्यकता रहेको बताउनुभयो । थापाले यसपटक राजधानीको मेयरको ठाउँमा महिला मेयर ल्याउने आँट र साहस देखाउन आग्रह गर्नुभयो । त्यस्तै प्रवक्ता डा प्रकाशशरण महतले काम गर्ने पार्टी कांग्रेस नै भएको भन्दै अव पालीकाहरुमा कांग्रेसलाई अवसर दिनुपर्ने बताउनुभयो ।

कांग्रेसका नेता भीमसेनदास प्रधानले गठबन्धनमा मत कुनै तलमाथि भए मुलुकमा द्वन्द्वको सिर्जना हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.