February 26, 2024

महानगरले धोविखोला करिडोरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरु भत्काएको छ

काठमाडौं महानगरपालीकाले काठमाडौंको धोविखोला करिडोरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरु भत्काएको छ । बुधबार प्राविधिक र डोजर सहितको महानगरको टोलीले धोविखोला करिडोरमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका अनधिकृत संरचनाहरु भत्काएको हो । सो क्रममा करिडोरको सडक नजिकै रहेका घर र टहरालाई हटाइएको छ । महानगरको टोली पुगेपछि केहिले सामानहरु बाहिर निकालेका थिए भने केहिले विना सूचना आफ्नो बासस्थान भत्काएको गुनासो गरेका छन् । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रावधिकको रायको आधारमा सार्वजनिक स्थान मिचेर बनाइएको संरचना हटाइएको बताउनुभयो ।

उहाले धोविखोला करिडोर लगाएत अन्य स्थानमा रहेका अनधिकृत संरचनालाई महानगरले क्रमश हटाउदै जाने जानकारी दिनुभयो । अनधिकृत संरचना हटाउन पटक पटक सूचना जारी गरेपनि अटेर गरेकाले महानगरले नै हटाउनुपरेको उहाको भनाइ छ ।

One thought on “महानगरले धोविखोला करिडोरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरु भत्काएको छ

  1. Algunos programas detectarán la información de grabación de la pantalla y no podrán tomar una captura de pantalla del teléfono móvil. En este caso, el monitoreo remoto se puede usar para ver el contenido de la pantalla de otro teléfono móvil.

Leave a Reply

Your email address will not be published. Required fields are marked *