November 22, 2022

महापर्व छठ समारोह समितिले छठ पर्व मनाउनका लागि रानीपोखरीको स्थान उपलव्ध गराउन आग्रह

महापर्व छठ समारोह समितिले छठ पर्व मनाउनका लागि रानीपोखरीको स्थान उपलव्ध गराउन आग्रह गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरि समितिले कात्तिक १३ र १४ गते रानीपोखरीमा छठ मनाउनका लागि स्थान उपलव्ध गराउन काठमाडौं महानगरसमक्ष आग्रह गरेको हो । छठ मनाउनका लागि उक्त स्थान उपलब्ध गराउन महानगरसमक्ष निवेदन दिएपनि कुनै सुनुवाई नभएको समितिले जनाएको छ ।

समितिले भक्तजन र व्रतालुलाई सहज हुने भएकाले उक्त स्थानमा छठ मनाउन दिनुपर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published.