July 26, 2021

महामारीकाबीच नेपालको निकासीमा नकारात्मक असर परेको

नेपाल निर्यात परिषद्ले कोरोनाका महामारीकाबीच नेपालको निकासीमा नकारात्मक असर परेको जनाएको छ ।पाँचौ निर्यात दिवस–२०७७ का सम्बन्धमा सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै परिषद्ले कोरोनाकाबीच नेपालको निकासी एकदम न्युन रुपमा बढेको भएपनि सन्तोषाजनक अवस्था भने नरहको जनाएको हो ।चालू आर्थिक बर्षको कातिर्कसम्म नेपालको आयात ४ खर्व २ अर्व ४९ करोड र निकासी ४० अर्व २० करोड रहेको परिषद्ले जनाएको छ ।चर्को हवाइ भाडा, दक्ष जनशक्तिको कमी, चर्को बैंक व्याजदर लगाएतका समस्या निर्यात क्षेत्रमा देखिएको परिषद्का अध्यक्ष हरी बहादुर कार्कीले बताउनुभयो ।

उहाले निकासी व्यापारको सुधार, राष्ट्रिय अर्थतन्त्रको मूल आधार भन्ने नाराका साथ पाँर्चौ निर्यात दिवस पौष २२ गते मनाउन लागिएको जानकारी दिनुभयो । निर्यात व्यवसायिकबीचको समस्या र व्यवसायीक ऐकवद्धता जनाउन, आयातमूखि बजारलाई निर्यातमूखी बाउन तथा सरकार र सम्पूर्ण सरोकारवालाहरुको ध्यानाकर्षण गराउन निर्यात दिवस मनाउन लागिएको कार्कीले बताउनुभयो ।त्यस्तै निर्यात र व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने उदेश्यका साथ पनि दिवस मनाउन लागिएको परिषद्ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.