July 30, 2021

महामारीलाई बिभिन्न तवरले नियन्त्रण गर्ने अवस्था सिर्जना

Nepal PM Oli continues to hold meetings despite his close aides testing  positive for Covid, Nepal News | wionews.com

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको दोश्रो लहरलाई नियन्त्रण गर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ ।दुई हजार ५६५आँैं बुद्धजयन्तीका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको दोश्रो चरणको महामारीलाई बिभिन्न तवरले नियन्त्रण गर्ने अवस्था सिर्जना भएको बताउनुभएको हो । उहाले अव दोश्रो चरण नेपालमा धेरै लामो समयसम्म नरहने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन, भेन्टिलेटर र बेडका साथै अन्य स्वास्थ्य सामाग्रीको अभाव नहुने दावी गर्नुभयो । त्यस्तै उहाले सवै नागरिकलाई खोपको पहुँचमा ल्याइने बताउनुभयो । सरकारका प्रयासहरुप्रति विश्वस्त रहने उहाले आग्रह पनि गर्नुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बोकेर बहुतै तीव्र गति एवं उत्साह र आत्मविश्वासका साथ अघि बढिरहेका बेला कोभिड–१९ को महामारीले गम्भीर रुपमा व्यवधान पु¥याए पनि निराश हुन नहुने बताउनुभयो ।

त्यस्तै उहाले मानव जातिकै कारणले खलबलिएको शान्तिलाई मानव जातिकै सचेतनता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने बताउनुभयो । प्रधानमन्त्री ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण समेत गराउनुभयो ।

Leave a Reply

Your email address will not be published.