November 30, 2023

महामारी नियन्त्रणका लागि किटाणु नष्ट गर्ने फग मेशिन सहयोग

Disinfection - Viricides, Sanitizers & Disinfectants | Nixalite

परिवर्तनका लागि संगीत नेपाल नामक संस्थाले कोरोना महामारी नियन्त्रणका लागि किटाणु नष्ट गर्ने ’फग मेशिन’ सहयोग गरेको छ बिहीबार महानगरमा संस्थाका तर्फबाट अध्यक्ष इश्वर बज्राचार्यले ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई दुई थान उक्त मेशिन हस्तान्तरण गर्नुभएको हो । कोरोना संक्रमितको उपचारका लागि महानगरले सञ्चालन गरेको आइशोलेनका लागि उक्त मेशिन हस्तान्तरण गरिएको हो । कार्यक्रममा महानगरका प्रमुख महर्जनले महानगरभित्र संक्रमितले उपचार नपाउने अवस्था नभएको बताउनुभयो ।

कोरोना नियन्त्रण र उपचारका लागि महानगरले आइशोलेशन सञ्चालन गर्दै अन्य काम पनि अघि बढाएको बताउनुभयो । उहाले उक्त मेशिन दुई स्थानका आइशोलेशनमा कार्यान्वयनमा ल्याइने धारणा राख्नुभयो ।संगीत नेपाल नामक संस्थाले उपलव्ध गराएको उक्त मेसिनको लागत ६५ हजार दुइ सय रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *