August 2, 2021

महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स–११ पहिलो जित

Nepal suffer another humiliation as B'desh win by 92 runs - The Himalayan  Times - Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics,  Business, World, Sports, Entertainment, Travel, Life Style News

ललितपुर मेयर्स–११ ले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।आइतबार भएको खेलमा लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित निकालेको हो । टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १ सय ४५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय १७ रन मात्र बनाउन सक्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेकी ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।

जितसँगै ललितपुरले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा ललितपुर सुदूरपश्चिमसँग पराजित भएको थियो । लुम्बिनीको यो पहिलो खेलमा पहिलो हार हो । प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५÷१५ हजार पाउने छन् ।

Leave a Reply

Your email address will not be published.