February 26, 2024

महिला मन्त्रालयबाट आयोगलाई सहयोग नभएको गुनासो:अध्यक्ष कमला पराजुली

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला मन्त्रालयबाट आयोगलाई सहयोग नभएको गुनासो गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित आयोगका क्रियाकलापका सम्बन्धमा पत्रकारसंग चौमासिक अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष पराजुलीले आयोगका गतिविधीलाई सहज बनाउन मन्त्रालयले सहयोग नगरेको र नटेरेको गुनासो गर्नुभएको हो । मन्त्रालयको असहयोग कै कारण आयोगको बजेट फ्रिज हुने अवस्थामा पुग्दा पनि महिला हिंसा पिडितलाई आयोगले सहयोग गर्न नसकेको उहाको भनाइ छ । उहाले आयोगले बिभिन्न नीतिगत काम, सिफरिस, अनुगमनका साथै हिंसा पीडितलाई न्याय दिन पनि काम गरिरेहेको जिकिर गर्नुभयो । देशैभरका पालिकामा पहुँच पुराउन सातै प्रदेशमा कार्यालय राख्नुपर्ने भएपनि त्यसो हुन नसकेकाले केन्द्रमा पहुँच हुनेले मात्रै आयोगमा उजुरी गर्ने देखिएको उहाले बताउनुभयो ।

आयोगले साउनदेखि अहिलेसम्म घरेलु तथा महिला हिंसाका ३ सय ४७ वटा उजुरी दर्ता भएको जानकारी दिएको छ । जसमा घरेलु हिंसाका ३ सय १६ र महिला हिंसाका ३१ घटना रहेका छन् ।

One thought on “महिला मन्त्रालयबाट आयोगलाई सहयोग नभएको गुनासो:अध्यक्ष कमला पराजुली

  1. As razões mais comuns para a infidelidade entre casais são a infidelidade e a falta de confiança. Em uma época sem telefones celulares ou internet, questões de desconfiança e deslealdade eram menos problemáticas do que são hoje.

Leave a Reply

Your email address will not be published. Required fields are marked *