



विघटित प्रतिनिधिसभा पुनस्थापनाको माग गर्दै चार महिला संघहरुले सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।बिहिबार अखिल नेपाल महिला संघ (अनेम संघ), समाजवादी महिला संघ नेपाल,अखिल नेपाल महिला संघ र विवेकशील साझा महिलालेप्रतिनिधिसभा पुनस्थापनाको माग गर्दै सभामुख सापकोटालाई ध्यानाकषएण पत्र बुझाएको हो ।ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श र छलफल गरिरहेको बताउनुभयो ।प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै सभामुख सापकोटाले आफ्नो धारणा पहिले नै सार्वजनिक गरिसकेको बताउनुभयो । त्यस्तै उहाँले संविधानको रक्षा तथा देश र जनताको अधिकतम हितमा सधैं समर्पित हुने विश्वास दिलाउनुभयो ।
चार महिला संघले संविधानले कल्पनै नगरेको परिस्थिति र दिदै नदिएको अधिकार प्रयोग गरेर संविधान विघटन गरिएको भन्दै संसद पुनस्थापन गर्न माग गरेकाछन् । प्रतिनिधिसभा पुनस्थापना गर्न नसकिए संविधान र आम नेपाली जनताको भावना विपरित हुने उनीहरुले ठहर गरेको छ । उनीहरुले भविष्यमा हुने कुनैपनि प्रधानमन्त्रीले आफ्नो निजी स्वार्थ पूरा गर्न बारम्बार प्रतिनिधिसभा विघटन गर्ने नजिर रहने सम्भावना बढ्ने तर्फ ध्यानाकर्षण गराएका छन ।
