June 14, 2024

महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को सातादेखि काठमाडौंमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । एन्फाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २१ देखि असोज ३ गतेसम्म हुने साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । प्रतियोगिता संचालनका लागि अनुमानित कुल बजेट ३ करोड ४७ लाख ६७ हजार ६ सय ८० रुपैयाँ लाग्ने एन्फाले जनाएको छ । प्रतियोगिताको टिकट र ब्रोडकास्टिङ अधिकार ६५ लाखमा भारतीय कम्पनीमा हन्ड्रेड स्पोर्टसलाई दिईएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । प्रतियोगिताका लागि सामान्य प्यारापिटतर्फ ३ सय र भीआईपीतर्फ ५ सयको टिकट दर राखिएको एन्फाले जनएको छ । प्रतियोगिताका लागि भुटान र पाकिस्तान नेपाल आईसकेको र अन्य टोली आइतबारसम्म आईपुग्ने प्रवक्ता शाहले बताउनुभयो । त्यस्तै एन्फाका वरिष्ठ उपाध्यक्ष तथा साफ आयोजक समितिका संयोजक वीरबहादुर खड्काले प्रतियोगीताका लागि नेपाली महिला टिमले पनि तयारी गरिरहेको र नेपालमा आएका अन्य देशका टिमले पनि अभ्यास गरिरहेको जानकारी दिनुभयो । उहाले प्रतियोगीताले महिला फुटबलमा नयाँ उचाई हासिल गर्ने जिकिर गर्नुभयो । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल समूह ’बी’ रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ । यस्तै समूह ’ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।

राउन्ड रोविनका आधारमा हुने समूह चरणपछि शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । उद्घाटन खेलमा भाद्र २१ गते नेपालले भुटानको सामना गर्ने एन्फाले जनाएको छ ।

2 thoughts on “महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा

  1. Wow, marvelous blog layout! How long have you been blogging
    for? you made blogging glance easy. The total look
    of your website is great, as well as the content material!
    You can see similar here e-commerce

  2. Greetings I am so glad I found your weblog, I really found you by mistake, while I was searching on Digg for something else, Anyhow I am here now and would just like to say cheers for a marvelous post and a all round thrilling blog (I also love the theme/design), I don’t have time to browse it all at the moment but I have bookmarked it and also included your RSS feeds, so when I have time I will be back to read much more, Please do keep up the great b.

Leave a Reply

Your email address will not be published. Required fields are marked *