


सर्वोच्च अदालतमा न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको भन्दै स्वतन्त्र विद्यार्थीको एक समुहले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको र न्यायपालिकामा गुटबन्दी सिर्जना भएकोले विरोधस्वरुप स्वतन्त्र विद्यार्थीको एक समुहले माइतीघर मण्डलामा सडक नाटक प्रस्तुत गरेका हुन् । प्रदर्शनकारीले हड्तालकारी न्यायाधीसलाई जनताले घिसारेर इजलासमा लैजानसपर्ट लेखिएको ब्यानर बोकेर प्रदर्शन गरेका हुन । उनीहरुले इजलास बहिष्कार गर्न नहुने भन्दै विभिन्न प्लेकार्डहरू समेत प्रदर्शन गरेका थिए । प्रदर्शनमा मुद्धा सुनुवाई गर्न छोडेर इजलास बन्द गर्ने कस्तो नैतिकता ? स्वतन्त्रता ?, न्यायमूर्तिका रुपमा स्थापित सम्माननीय न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ?
हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला तर न्यायपालिका होइन, न्यायपालिका माथिको हस्तक्षेप बन्द गर, सबै खाले गुटबन्दीको अन्त्य गर, न्यायाधीशज्यूहरुबाट गरिएको हड्तालले न्यायमूर्तिको स्वभा दिएन, इजलासमा बसेर न्याय देउ, होइन भने राजीनामा देउ, हामी सेवाग्राही मारमा, न्यायाधीशहरु राजनीति, गुटबन्दी र बारमा लगायत नारा लेखिएको प्लेकार्ड प्रस्तुत गरिएको थियो ।
