

.jpg&w=900&height=601)

नेकपा एमाले एकता अभियानका संयोजक बामदेव गौतमले वाम सरकार बनाउँनका लागि प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सम्झौता गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ ।आफू नेतृत्वको एमाले राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै गौतमले माओवादी केन्द्र सहितको सरकार बनाउनुपर्ने समेत बताउनुभयो । एमालेको मात्र सरकार बनाउन नसकिने भएकाले माओवादी केन्द्रसँग मिल्नुपर्ने गौतमको प्रस्ताव छ ।अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग भएपनि आफ्नो अभियान नरोकिने गौतमले स्पष्ट पार्नुभयो । त्यस्तै गौतमले दुई खेमामा विभाजित एमालेलाई एकताबद्ध गराएरै छोड्ने बताउनुभयो ।
सर्वोच्च अदालतको फैसलालगत्तै एकताबद्ध पार्टी बनाउन आह्वान गर्नुपर्ने ओलीले उल्टै पुनस्थापित एमालेका पदाधिकारी हटाएर समस्या ल्याएको उहाले बताउनुभयो । त्यस्तै उहाले पुनसर््थापित एमालेको विधान, संगठनात्मक संरचना र प्रणालीअनुसार, पार्टी चलाउन ओलीलाई सुझाव दिनुभयो ।प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूह ओली समूहसंग अलग भएको थियो । त्यससमय देखिनै गौतम मध्यमार्गीधार सहित एकता अभियानमा लाग्नुभएको थियो । सर्वोच्चको दलसम्बन्धी आदेशपछि एमाले र माओवादी पुरानै अवस्थामा फर्किएका छन् ।
