November 30, 2023

माओवादी नाममात्रको पार्टी भएको टिप्पणी

Nepal Supreme Court summons PM K P Oli in contempt cases | Business  Standard News

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी नाममात्रको पार्टी भएको टिप्पणी गर्नुभएको छ ।बिहीबार काठमाडौंमा एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले माओवादी प्रचण्डको गुटमात्र भएको भन्दै नाममात्रको पार्टी रहेको टिप्पणी गर्नुभयो । त्यस्तै उहाले एमाले फुटेको नभइ पार्टी भित्रको फोहर मात्र बाहिरिएको तर्क गर्नुभयो । उहाले एमालेको सरकार हुँदा प्रतिगमन भयो भनेर प्रतिक्रियावादी शक्तिसँग नेपाल मिलेको आरोप लगाउनुभयो । ओलीले अलोकतान्त्रिक विधिबाट जन्मिएका पार्टीलाई जोडेर अग्रगामी सरकार बनाउन नेपालले पार्टी छोडेको जिकिर गर्नुभयो ।माओवादी केन्द्रका कार्यकर्ता प्रचण्डको घरेलु कार्यकर्ता भएको आरोप लगाउदै प्रचण्डको सेवामा नभइ देशको सेवामा लाग्न माओवादी केन्द्रका नेता कार्यकर्तालाई आह्वान गर्नुभयो ।

ओलीले एमालेको शक्ति र नीति परिवर्तन नभएको भन्दै भूमिकामात्र परिवर्तन भएको र आगामी निर्वाचनमा पुनः पहिलो शक्ति भएर देखाउने तर्क गर्नुभयो । त्यस्तै उहाले वर्तमान सरकारले जनताका लागि कुनै काम गर्न नै नसकेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले माधव नेपाल बाहेकाका अन्य नेता तथा कार्यकर्तालाई एमालेमा फर्कन आह्वान पनि गर्नुभयो । त्यस्तै एमालेका अन्य नेताहरुले एमालेबाट केहि मान्छे बाहिरिदैमा फरक नपर्ने भन्दै पार्टी बलियो भएर अघि बढ्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *