July 30, 2021

माघ २ गते सँधै झै यस वर्ष पनि भूकम्प दिवस मनाइएको

माघ २ गते सँधै झै यस वर्ष पनि भूकम्प दिवस मनाइएको छ ।मुलुकमा विभिन्न समयमा आएका भूकम्प र यसले पु¥याएको क्षतिको सम्झना तथा सुरक्षाका उपायहरुमाथि छलफल र बहस गर्दै यो दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा काठमाडौं महानगरपालीकाले शुक्रबार काठमाडौंको भुगोल पार्कमा राष्ट्रिय भूकम्प स्मृति सभाको आयोजना गरेको थियो । सभामा गृहमन्त्री रामबहादुर थापा बादलले नेपालमा शताब्दीको अन्तरमा महाविपत्तीहरु आउने इतिहासले नै देखाएकाले यस्तोको पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो । प्राकृतिक विपद् रोकेर रोक्न नसकिने उल्लेख गर्दै गृहमन्त्री थापाले सरोकार निकायले यसमा ध्यान दिनुपर्ने बताउनुभयो । गृहमन्त्री थापाले कोरोनारुपी भूकम्पसँगै नेपालमा राजनीतिक भूकम्प आएको तर्क समेत गर्नुभयो ।

त्यस्तै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भूकम्प, कोरोना जस्ता संकटसंग जुध्न महानगर तयार अवस्थामा रहेको बताउनुभयो ।कार्यक्रमपछि गृहमन्त्री थापाले भूकम्पको सुरक्षाका लागि महाागरले गरेको तयारीको निरिक्षण गर्नुभएको थियो । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे गएको त्रासदीपूर्ण महाभूकम्पको सम्झनामा वर्षेनी माघ २ मा भूकम्प दिवस मनाउने गरिको हो । यसका लागि यस वर्षको सन्देश ‘बुहप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने तय गरिएको छ । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो

Leave a Reply

Your email address will not be published.