July 26, 2021

माधवअधिकारकर्मीहरु प्रहरीेद्धारा पक्राउ

संसद बिघटनबिरुद्ध बालुवाटारमा प्रदर्शन गर्न खोजने माधवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।बर्तमान सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास विरुद्ध, राज्य संयन्त्रको दुरुपयोग विरुद्ध, प्रधानमन्त्री÷मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति बिरुद्ध भन्दै मानव अधिकार तथा शान्ति समाजले बालुवाटारमाा प्रदर्शन गर्न खोजेको थियो ।

प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल लगाएत २६ जनालाई पक्राउ गरेको समााजले जनाएको छ ।विरोध प्रदर्शनका क्रममा सहभागिहरुले प्रम ओली ः आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार ः किर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.