October 16, 2021

मालपोत र नापी कार्यालयका जनगुनासोलाई सम्बोधन

नवनियुक्त भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाम्फेले मालपोत र नापी कार्यालयका जनगुनासोलाई सम्बोधन गर्ने बताउनुभएको छ ।भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सोमबार पदभार ग्रह गर्दै मन्त्री तुम्बाहाम्फेले मालपोत र नापी कार्यालयमा सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो हुने गरेको गुनासो धेरै आउने गरेको भन्दै जनगुनासोलाई सम्बोधन गर्ने बताउनुभएको हो । उहाँले जनगुनासोलाई सम्बोधन गर्न नसकेसम्म मन्त्रालयले जति नै राम्रो काम गरेपनि परिणाम नदेखिने बताउनुभयो ।

मन्त्री तुम्बाहाम्फेले भूमिसँग जोडिएका नागरिकका मौलिक हकलाई कार्यान्वयन गर्न भूमि मन्त्रालय मातहतका सबै निकायहरु एकजुट भएर कामगर्नुपर्नेमा जोडदिनुभयो । कतिपय अवस्थामा कर्मचारीले समयमा नै काम सम्पन्न गर्न नसकेको पाइएको भन्दै उहाँले संगठित हुँदै सहकार्यमा आधारित रहेर काम गर्न कर्मचारीलाइ निर्देशन समेत दिनुभयो ।त्यस्तै उहाँले कानुनी रुपमा जुनसुकै काम गर्न छुट भएपनि गैरकानुनी रुपमा काम गर्नेलाई कारबाही गर्ने चेतावनी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.