May 23, 2024

मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच मनाइने प्रेम र समर्पणको पर्व सामाचखेवा सम्पन्न

मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच मनाइने प्रेम र समर्पणको पर्व सामाचखेवा सम्पन्न भएको छ । कार्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना) का दिन सुरु गरिएको यो पर्व परम्पराअनुसार पूर्णिमा तिथिमा समापन गरिएको हो । मिथिला क्षेत्रमा मनाइने सामाचखेवा काठमाडौंमा पनि मनाइएको थियो । थारु महिला समाजले काठमाडौंको माइतिघरमा भेला भएर सामाचखेवा मनाएका हुन् । पर्वमा सतभैया (सप्तर्षि), हात्ती, बृन्दावन, चुगला, सामा र चकेवाका माटाका आकृति दाजुभाइका हातबाट फुटाउन लगाइ जोतिएको खेत र निर्जन वनमा गाड्ने प्रचलन छन् । मिथिला क्षेत्रमा मिथिलानीहरू (मिथिलाका नारी) ले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै गीत गाएर मनाइने यो पर्व दाजुभाइ दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने थारु महिलाहरुको भनाई छ । बोलीचालीको भाषामा ‘सामा खेल’ भनिने गरिएको यो ११ दिने पर्व दिदीबहिनी र दाजुभाइका लागि प्रतिक्षा, खुसी र आपसी सद्भाव व्यक्त गर्ने उपयुक्त अवसर मानिन्छ । पर्वका ११ दिनको मध्यरातसम्मको चकमन्न समयमा नगर गाउँबस्तीको चौबाटोमा समूहमा जम्मा भएर आफ्ना दाजुभाइको सौर्य बखान गर्दै दुष्ट चरित्रलाई सत्तोसराप गरेर आफूहरूबीच पवित्र र आत्मीय स्नेह रहेको दर्शाउनु पर्वको मुख्यपक्ष रहेको उनीहरुको भनाई छ । दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब साढे पाँच हजार वर्ष पहिले द्वापर युगबाट सुरु भएको मिथिला संस्कृतिविद्हरुले जनाएका हुन् ।

द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा)सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भइ भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग रहेको छ ।

3 thoughts on “मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच मनाइने प्रेम र समर्पणको पर्व सामाचखेवा सम्पन्न

  1. Wow, superb blog layout! How lengthy have you been blogging for?
    you made running a blog glance easy. The full look of your web site is magnificent, as neatly as the content!

    You can see similar here sklep online

Leave a Reply

Your email address will not be published. Required fields are marked *