April 19, 2024

मुख्य प्रशिक्षक डेभ वाटमोरले नेपाली टिमको वरियता सुधार

World Cup Qualifiers dream still alive, say Nepal cricket team

क्रिकेट प्रशिक्षक नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरले नेपाली टिमको वरियता सुधार गर्नुमै आफ्नो ध्यान केन्द्रीत रहने बताउनुभएको छ ।बिहीबार काठमाडौंमा संचारकर्मीसंगको अन्तक्र्रियामा उहाले आफ्नो अनुभव नेपाली क्रिकेट विकास र नेपाली टिमको वरियता सुधार गर्नुमै केन्द्रीत गर्ने बताउनुभएको हो । एकदिवसीय क्रिकेटको वरीयता सुधार गर्ने मुख्य लक्ष्य हुने उहाको भनाई छ ।

वाटमोरले आफू च्यालेन्ज स्वीकार गरेर नै नेपाल आएको तर्क गरे । उहाले एक बर्षमा टिम खेल्नलाई मात्रै नभई अब जित्नका लागि पनि मैदान उत्रने प्रतिक्रिया दिनुभयो ।नेपाल क्रिकेट संघ क्यानले गत पुस २ गते वाटमोरलाई एक बर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरले सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *