January 31, 2023

मुलुकका परिवर्तनलाइ उल्टाउने षडयन्त्र सुरु ःप्रचण्ड

Prachanda | Biography & Facts | Britannica

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता, गणतन्त्र लगाएका मुलुकका परिवर्तनलाइ उल्टाउने षडयन्त्र सुरु भएको बताउनुभएको छ । सोमबार कीर्तिपुर नगर समितिले विभिन्न चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले पूर्वराजाका मान्छेसंग मिलेर एमाले अध्यक्ष केपी ओलीले गणतन्त्र उल्टाउने सूचना पाएको बताउनुभएको हो ।प्रचण्डले एमाले अध्यक्ष ओलीले बारम्बार लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक मन नपरेको बताउने गरेको तर्क गर्नुभयो । अहिले पनि जनतालाई अधिकार दिने र मुलुकको परिवर्तनलाई उल्टाउने दुई प्रवृति र वर्ग देखापरेको उहाको भनाई छ । त्यस्तै प्रचण्डले आफूहरुले संविधानमा मतभेद राखेरै भए पनि जारी गरेको भन्दै अनुकूल समयमा संविधान संशोधन गर्न सकिने जिकिर गर्नुभयो ।प्रचण्डले माओवादीले लिएको विचार, नीति तथा कार्यक्रमका कारण माओवादीप्रति जनताको विश्वास बढिरहेको धारणा पनि राख्नुभयो ।

उहाँले माओवादी प्रतिक्रियावादीको दयाले अहिलको अवस्थासम्म आइपुगेको नभइ जनताले साथ दिएर अहिलेको अवस्थामा आएको बताउनुभयो ।उहाले अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेको दावी गर्दै २०६४ सालको निर्वाचनजस्तै आगामी निर्वाचनमा जनताले माओवादीलाई विश्वास गर्ने जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.