January 27, 2023

मुलुकको आर्थिक विकास गर्नुपर्नेमा जोड: मन्त्री ज्ञानेन्द्रबहादुर कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दक्षिण एसियाकै धनी पुस्ताको रुपमा अगाडि बढाउने गरी मुलुकको आर्थिक विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले सवै क्षेत्रको योगदानबाट मुलुकलाई १० बर्षभित्र दक्षिण एसियाकै धनी पुस्ताको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको हो । कार्कीले चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने उद्देश्यअनुरुप मन्त्रालयले त्यससँग सम्बन्धित आवश्यक संरचना तयार गरिरहेको जानकारी दिनुभयो । चलत्रिच क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मन्त्री कार्कीको भनाइ थियो । कार्यक्रममा ‘उत्कृष्ट कर्मचारी सम्मान–२०७७’ कार्यलय सहयोगी हरिबहादुर केशी र सहायक खरिदार सिर्जना रायमाझीलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि क्रमशः १५ र २५ हजार रुपैयाँ रहेको छ ।

बोर्डले भुवन केसी, डा भोला रिजाल, सानुकुमार ताम्राकार, राजाराम पौडेल, शिव ढकाल र किरणकुमार केसीलगायत ६२ जना चलचित्रकर्मीलाई विशिष्ट चलचित्र परिचयपत्र प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published.