December 5, 2023

मुलुकको खर्च सञ्चालनमा नै समस्या हुनु गम्भीर बिषय

Recent Nepal, Author at Recent Nepal News - Page 1099 of 1126

अर्थविद् डा. चन्द्रमणि अधिकारीले प्रतिस्थापन विद्येयक पारित नभएको अवस्थामा मुलुकको खर्च सञ्चालनमा नै समस्या हुनु गम्भीर बिषय भएको बताउनुभएको छ । रिपोटर्स क्लब नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले समयमै बजेट प्रस्तुत गर्ने, समयमै प्रि–बजेट गराउने कुरा संविधानमै उल्लेख भएपनि राजनीतिक नेतृत्व र सरकार गम्भीर नदेखिएको बताउनुभयो । अहिले दलहरुले समाधान खोजेर मुलुकलाई निकास दिनुपर्ने उहाको भनाई छ । चाँडोभन्दा चाँडो संसद् चल्ने व्यवस्था हुनुपर्ने र प्रतिपक्षले पनि सहयोग गर्नुपर्ने भन्दै उहाले अर्थतन्त्र बिग्रियो भने मुलुक पछि पर्ने बताउनुभयो । त्यस्तै पूर्व मुख्यसचिव डा. विमल कोइरालाले सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदा मुलुक ठूलो समस्यमा परेको बताउनुभयो । सबै दलहरुका कारण यो अवस्था सिर्जना भएको भन्दै उहाले छिटोभन्दा छिटो बिवादलाई टुँगो लगाउनुपर्ने धारणाा राख्नुभयो ।

साक्षात्कारमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले अहिलेको अवस्थामा राष्ट्र बैंकले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिदै आपत्तकालिन स्थितिको रुपमा केन्द्रीय बैंकले नेतृत्व लिनुपर्ने बताउनुभयो ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अहिलेको अवस्थाको अन्त्य छिटोभन्दा छिटो गर्नको लागि सरकारले पहल लिनुपर्ने र दलहरुबीच सहमति हुनुपर्ने बताउनुभयो ।उहाले सरकारले नीति परिवर्तन गर्दा निजी क्षेत्रलाई मर्का परेको पनि धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *