November 30, 2023

मुलुकको बिकास निर्माण प्रभावित भएको दावी: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारबाट हटाइएपछि मुलुकको बिकास निर्माण प्रभावित भएको दावी गर्नुभएको छ । मंगलबार काठमाडौंमा समाजवादी जनता पार्टी, अभिनेत्री करिष्मा मानन्धर लगाएतलाई एमाले प्रवेश गराउदै ओलीले अदालतको परमादेशबाट एमालेलाई सरकारबाट हटाएपछि बिकास निर्माणको काम अवरुद्ध हुन पुगेको बताउनुभएको हो । ओलीले हुलाकी राजमार्ग, मधेसका जिल्ला सदरमुकाम जोड्ने सडक विस्तार तथा स्तरोन्नति,पूर्व पश्चिम राजमार्गको विस्तार, सुनकोसी मरिन डाइभर्सनको सुरुवात र फुसका छाना हटाउने अभियानको सुरुआत एमालेले नै गरेको दावी गर्नुभयो । त्यस्तै अध्यक्ष ओलीले आगामी निर्वाचनमा बहुमतका साथ एमाले सरकारमा आउने भन्दै निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो । एमाले सरकारमा आएपछि मुलुकको बिकासको कामले तीव्रता पाउने उहाको भनाई छ । अध्यक्ष ओलीले अहिले मुलुकको हरेक क्षेत्रबाट एमाले प्रवेश गर्नेको लहर नै चलेको भन्दै पार्टीमा प्रवेश गर्ने कसैमाथि भेदभाव नगरिने तर्क गर्नुभयो । त्यस्तै एमाले प्रवेश गर्दै समाजवादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहले देश र जनताप्रति केन्द्रीय भएर काम गर्न एमाले फर्किएको बताउनुभयो । १५ वर्षअघि एक्लै एमालेबाट अलग भएको भन्दै अहिले टिम ल्याएर आएको धारणा राख्नुभयो । त्यस्तै अभिनेत्री करिष्मा मानन्धरले आफू कुनै सौदावाजीबिना नितान्त कार्यकर्ताको रुपमा एमालेमा आएको बताउनुभयो ।

उहाले दोस्रो एमालेले मुलुकको वास्तविक एजेन्डा बोकेको भन्दै प्रतिपक्षमा रहे पनि देशको पहिलो पार्टी भएको बताउनुभयो । कार्यक्रममा अध्यक्ष ओलीले अन्य दलका नेता तथा कार्यकर्तालाई पनि एमाले प्रवेश गराउनुभएको थियो ।

One thought on “मुलुकको बिकास निर्माण प्रभावित भएको दावी: अध्यक्ष ओली

  1. Next time I read a blog, Hopefully it wont fail me as much as this particular one. I mean, Yes, it was my choice to read, however I really believed you would have something helpful to talk about. All I hear is a bunch of whining about something you could fix if you werent too busy searching for attention.

Leave a Reply

Your email address will not be published. Required fields are marked *