January 26, 2023

मुलुकको समृद्धिको अर्थ ज्ञान र सभ्यताको समृद्धि पनि हो: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिको अर्थ ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताउनुभएको छ । किताब यात्रा फाउण्डेशन र किताब यात्रा प्रालिद्वारा शुक्रबार काठमाडौंमा आयोजित दुईदिने किताब जात्रा शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र नभइ ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताउनुभएको हो । उहाले आम नागरिकसम्म अध्ययनको पहुँच पु¥याउनुपर्नेमा जोड दिनुभयो । यसका लागि यसका लागि कारागार र सार्वजनिकस्थललगायत ठाउँमा प्रविधिमैत्री पुस्तकालय बनाउनुपर्ने उहाले बताउनुभयो । त्यस्तै उहाले उहाँले कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने र जीवनका विभिन्न आयामबाट पनि अध्ययन हुने बताउनुभयो । कार्यक्रममा यस वर्षको प्रेम साहित्य सम्मान आख्यानकार गौतमलाई प्रदान गरिएको थियो । यसैगरी किताब जात्रा उत्कृष्ट बिक्री पदक संस्कृतिविद् जोशीका बारेमा लेखिएको पुस्तक ‘सत्यमोहन’ का लेखक गिरिश गिरीलाई प्रदान गरिएको थियो ।

शनिबारसम्म चल्ने जात्रामा करिब ६० प्रकाशनगृहका पुस्तक प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.