April 19, 2024

मुलुकको हित बिपरितको काम नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई सुझाव

नेकपा एमालेका नेता भीम रावलले मुलुकको हित बिपरितको काम नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई सुझाव दिनुभएको छ । मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै रावलले स्वेच्छाचारी ढंगले मुलुकको हित बिपरितको काम गर्न खोजेको भन्दै यस्तो काम बन्द गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको हो । रावलले सैनिक शक्ति राष्ट्रको पछि लाग्ने जनादेश प्रधानमन्त्रीलाई नभएको भन्दै श्रीमती आरजु राणालाई समेत भारतसंग उर्जा जिएससंग वार्ता गर्न लगाएको आरोप लगाउनुभयो । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदामा नेपाललाई हस्ताक्षर गर्न दबाब दिएको र यो नेपाललाई एउटा कुनै देशको सैनिक अखडाको रुपमा परिणत गर्ने षडयन्त्र भएको उहाले बताउनुभाये । उहाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) ले नेपालको स्वतन्त्र परराष्ट्र नीति उलंघनका साथै नेपालको अस्तीत्वमाथि नै धावा बोल्ने तर्क गर्नुभयो । रावलले गम्भीर कुरा उठ्दा पनि सरकारले मौनता साध्नु गैरजिम्मेवारीपन भएको धारणा राख्नुभयो । त्यस्तै कांग्रेस नेता मीन विश्वकर्माले अमेरिका नेपालको सहयोगी मित्रराष्ट्र रहेकाले सैन्य क्षेत्रमा अमेरिकाले नेपालाई सहयोग गर्दै आएको बताउनुभयो । उहाले अमेरिकाको सैन्य सम्बन्धमा नेपाली सेनाको आधुनिकिरणका र क्षमताबृद्धिलाई थप मजबुद बनाउने बुझाईका साथ सरकारले काम गरिरहेको उहाको भनाई छ ।

उहाले एमससीसी नेपालको हितमा उर्जा क्षेत्रका लागि सहयोग प्राप्त भएको र सैन्य सामाग्री पनि सहयोग स्वरुपकै रुपमा आएको तर्क गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *