May 24, 2022

मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको अभियानलाई तीव्रता दिनुपर्ने

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल बुद्धिजीवि परिषद् (समाजवादी)को राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले मुलुकमा राजनीतिक क्रान्तिको एउटा क्रम पुरा भइसकेको भन्दै मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभएको हो । उहाले आर्थिक रुपान्तरणले नै मुलुकको बिकास हुने भन्दै यसलाई ध्यान दिनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले बिभिन्न आयोजनालाई व्यहारीक र यथार्थबादी बनाउन निरन्तर अनुगमन गर्नुपर्ने धारणा राख्नुभयो । समयमा नै आयोजनाहरु सम्पन्न नहुदा लागत बढ्ने भएकाले गुणस्तरीय र समयमा नै आयोजना सम्पन्न हुने सुनिश्चित हुनुपर्ने उहाको भनाई छ ।

amir

त्यस्तै अध्यक्ष नेपालले गलत सोचलाई त्याग्दै मुलुकको अघि बढाउन सवै गम्भीर हुनुपर्ने र जनताप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.