November 27, 2022

मुलुकमा राजनीतिक स्थायीत्व नभए राष्ट्रियता कमजोर हुनेछ: इश्वर पोखरेल

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले मुलुकमा राजनीतिक स्थायीत्व नभए राष्ट्रियता कमजोर हुने बताउनुभएको छ । मंगलबार काठमाडौंमा एमाले क्षेत्र नंवर ५ निर्वाचन परिचालन कमिटी घोषणा सभामा पोखरेलले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका लागि राजनीतिक स्थायीत्व आवश्यक रहेको भन्दै यसका लागि एमालेलाई बिजयी गराउनुपर्ने बताउनुभएको हो । उहाले मुलुकको बिकास र समृद्धिका लागि एमालेले पुनः नेतृत्व गर्न चाहेको धारणा राख्नुभयो । पोखरेलले अहिलेको सत्ता गठबन्धनको कुनै दृष्टिकोण र गन्तव्य नरहेको र एकमात्रै उदेश्य एमालेलाई सिद्धाउने अपराधिक गन्तव्य मात्र रहेको आरोप लगाउनुभयो । नेपालको राजनीति अहिले दुई ध्रुवमा बाँडिएको भन्दै त्यसमध्ये एउटा ध्रुवको नेतृत्व एमालेले र अर्को ध्रुवको नेतृत्व गठबन्धनले गरिरहेको उहाको भनाइ छ । पोखरेलले मंसिर चारको निर्वाचनपछि एमालेले नेतृत्व गरेको ध्रुवले मुलुकको नेतृत्व गर्ने जिकिर गर्नुभयो ।

उहाले यसअघि आफुले गर्न नसकेको कामलाई आगामी कार्यकालमा निरन्तरता दिने समेत बताउनुभयो । कार्यक्रममा पोखरेलले ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.