March 27, 2023

मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको

After Oli Steps Down, Prachanda Set to Return as Nepal PM

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताउनुभएको छ । आइतबार काठमाडौंमा पदम बिश्वकर्मा साहित्य प्रतिष्ठान र नेपााल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रचण्डले आफुलाई नै अपराधी सावित गरेर मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताउनुभएको हो । प्रचण्डले जातिय बिभेदका लागि भएका बिद्रोहलाई समेत बदनाम गराउन खोजेको समेत बताउनुभयो । दलित, आदिवासी, जनजाति, महिलाका कुरा उठाएकै कारण आफुले अनेक आरोप खेप्नुपरेको उहाको भनाई छ ।

प्रचण्डले जातिय बिभेदको आन्दोलन सुरु गर्ने रोल्पा रुकुम जस्ता स्थानमा नै दलितसंग प्रेम गरेको आरोपमा मारिनुपर्ने घटना दुर्भाग्यपूर्ण रहेको धारणा राख्नुभयो । प्रचण्डले संघीय लोकतन्त्रीक गणतन्त्र र शान्तिका लागि बन्दुकको व्यवस्थापन गरेपनि मुलधार भनिने पार्टीहरुले अझैपनि पुरातन सोचमा नै रहेको तर्क गर्नुभयो । कार्यक्रममा ज्योति स्पर्श र रातो बारुद पुस्तक लोकार्पण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.