July 30, 2021

मुलुकलाई अस्थीरतातर्फ ढकेल्न खोज्ने प्रयत्न गरेको आरोप

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशी बिदेशी शक्तिले मुलुकलाई अस्थीरतातर्फ ढकेल्न खोज्ने प्रयत्न गरेको आरोप लगाउनुभएको छ ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले मुलुकको स्थीर सरकार परिवर्तन गर्दे देशी बिदेशी शक्तिले मुलुकलाई अस्थीरतातर्फ ढकेल्न खोजेको आरोप लगाउनुभएको हो ।उहाले सत्तापक्षभित्रै प्रतिपक्षी जन्मिएर राजनीतिभित्रको संक्रमणमा चलखेल गर्न खोजेको तर्क पनि गर्नुभयो ।

मुलुककोे बिकासमा लागेको सरकारलाई असफल बनाउन सत्तापक्षभित्रै समूह निर्माण गर्ने कार्य हुनुले आशंका उब्जिएको उहाको भनाई छ ।उहाले मुलुकको समृद्धि र बिकासका लाथि सक्षापक्ष, बिपक्ष लगाएत सवै शक्ति एक हुनुपर्ने बताउनुभयो ।उहाले समाजमा रहेका भ्रमलाई चिर्न सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा पनि राख्नुभयो ।

Leave a Reply

Your email address will not be published.