July 31, 2021

मुलुकलाई दुर्घटना हुनबाट जोगाएको दावी

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले राष्ट्रपति कार्यालयले नेकपा सांसदको निवेदन दर्ता नगरेर मुलुकलाई दुर्घटना हुनबाट जोगाएको दावी गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाले संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ नेकपाकै ८३ जना सांसदहरुको निवेदन दर्ता नगरेर मुलुकलाई ठूलो राजनीतिक संकट र दुर्घटनाबाट बचाएको दावी गर्नुभएको हो । ८३ जना सांसदको हस्ताक्षरसहितको निवेदन दर्ता गरेको भए मुलुकमा राजनीतिक दुर्घटना हुने थियो भन्ने यादवको दाबी छ ।

उहाले राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिशअनुसार काम गरिरहेको र संविधानको दायराभित्रै रहेर काम गरेको स्पष्ट पार्नुभयो । राष्ट्रपतिलाई दलका नेताहरु भेट्न जानु नौलो कुरा नभएको भन्दै उहाले यसलाई तर्क बितर्कमा व्याख्या गर्न नहुने उहाको भनाई छ ।यादवले अहिलेको संविधान लामो समयको संघर्ष र बलिदानीबाट आएको सुनाउँदै यसको रक्षाको लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published.